PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

मिलन : समय मिलाउन नसक्नु अनमोलको कमजोरी



पहिलोपोस्ट

मिलन : समय मिलाउन नसक्नु अनमोलको कमजोरी

काठमाडौं : फिल्मको घोषणादेखि नै चर्चामा छ ‘ब्याचलर बन्टी’। अभिनेता अनमोल केसी र वर्षमा चार फिल्म निर्देशन गर्ने निर्देशक मिलन चाम्सका कारण फिल्मको चर्चा चुलिएको हो।

यही वर्षमा अनमोलले तीन फिल्म हस्ताक्षर गरे। झरना थापाको ‘ए मेरो हजुर ३’, ‘क्याप्टेन’ र ‘ब्याचलर बन्टी’। अहिले फिल्महरु कै छायाँकनमा व्यस्त छन् अनमोल। उता ‘ब्याचलर बन्टी’ लगतै ‘बीर बिक्रम २’को छायाँकन गर्न मिलन आतुर थिए। तर, अहिले मिलन र अनमोलको तालमेल बिग्रिएको छ।

‘क्याप्टेन’को छायाँकन लम्बिएपछि दुवैको सेड्युल बिग्रिएको हो। असोजको ३० गतेतिर नै ‘ब्याचलर बन्टी’ छायाँकनमा जानुपर्ने थियो। तर, अनमोलले समय मिलाउन नसक्दा फिल्म मागबाट छायाँकनमा जाने निर्देशक चाम्सले बताए। उनको सेड्यूल पनि बिग्रेको छ। अब उनले सुरुमा फिल्म ‘बीर बिक्रम २’ गर्नेछन्।  

त्यसपछि मात्र अनमोललाई लिएर ‘ब्याचलर बन्टी’।

फिल्मबारे उनले भने, ‘अनमोलले मलाई दिएको समय भनेको असोज ३० गते हो। रिलिज डेट फागुनको १७ गते नै हो। उसले हस्ताक्षर गरेको सम्झौतापत्र मसँग छ। अनमोलले चाहिँ अरुलाई गरेको जस्तो सोच्यो होला मलाई। मेरो लागि सबै कलाकार समान छन्। तर, म सिस्टममा चल्ने मान्छे हो। समय मिलाउन नसक्नु अनमोलको कमजोरी हो’।

फिल्म छायाँकनका लागि इटलीमा सबै बन्दोबस्त भइसकेको बताए। आक्रोशित भावमा भने, ‘इटलीमा छायाँकनका गर्ने भनेर पैसा तिरिसक्यो। अब ‘क्याप्टेन’को छायाँकन नसकेकोले समझदारीमा नै फिल्म सारेका छौं। तर, अब पछि फिल्मका लागि मेरो समय मिल्छ भनिहाल्न सक्दिन। अनमोलको समय मिलेर मात्र हुन्न।’

उनले समय नमिले ‘ब्याचलर बन्टी’ नगर्ने योजना बनाएका छन्। ‘मेरो अन्य फिल्म पनि छन्। समय मिलेन भने ‘ब्याचलर बन्टी’ नगर्न पनि सक्छु।‘ 

'बीर बिक्रम २’ बारे भने ‘यो फिल्म मेरो आफ्नै प्रोजेक्ट हो नि त। अब यसको छायाँकन गर्छु।'

‘ब्याचलर बन्टी’का लागि समय म्यानेज गर्न नसक्नु अनमोलको कमजोरी हो। उसले समय दिन नसक्ने हो भने सम्झौतापत्रमा हस्ताक्षर नगर्नु पर्ने।’

भुवन भने क्याप्टेन सकिए लगतै 'ब्याचलर बन्टी' गर्ने योजनामा छन्। फिल्ममा 'मिस् एसिया २०१७'की विजेता उकुसा गिरीले अनमोलसँग स्क्रिन सेयर गर्नेछिन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell