PahiloPost

Aug 10, 2025 | २६ साउन २०८२

फरार 'मोबाइल म्यान' प्रहरी नियन्त्रणमा



सविन ढकाल

फरार 'मोबाइल म्यान' प्रहरी नियन्त्रणमा

काठमाडौं: गत भदौ १७ गते काठमाडौंको सुन्धारास्थित सिटिसी मलमा प्रहरीले नियन्त्रणमा लिन  गोली चलाएका भनिएका सिटिभी मोबाइल कम्पनीका सञ्चालक किसान राई पक्राउ परेका छन्। 

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले राईलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको परिसरका प्रमुख एसएसपी वसन्त लामाले बताए। एसपी लामाले भने, 'राईलाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेका छौं।'

एक युवतीले राइले आफूलाई दुर्व्यवहार गरेको भन्दै प्रहरीकहाँ उजुरी दिएकी थिइन्। गत भदौ १७ गते दिउँसो राईलाई लिन प्रहरी उक्त मल पुगेको थियो। तर राई भाग्न सफल भएका थिए। प्रहरीले राईलाई नियन्त्रण लिन गोली चलाएको प्रत्यक्षदर्शीले बताए पनि प्रहरीले भने गोली नचलाएको दावी गरेको थियो। 

युवती एक सौन्दर्य प्रतियोगिताकी विजेतासमेत हुन्। राई र युवतीबीच प्रेम सम्बन्ध समेत रहेको खुल्न आएको छ। पछिल्लो समयमा दुई बीच विवाद बढेपछि ती युवतीले प्रहरीमा उजुरी दिएकी थिइन्। 

मोबाइल व्यवसायी राईको सिटिसी मलबाहेक अन्य ठाउँमा पनि उनको मोबाइल पसल छ। धेरैले उनलाई 'मोबाइल म्यान' भनेरसमेत चिन्ने गरेका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell