PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

यू-१९ एसिया कप : नेपालको सान्त्वना जित, रोहितको उत्कृष्ट ब्याटिङ



पहिलोपोस्ट

यू-१९ एसिया कप : नेपालको सान्त्वना जित, रोहितको उत्कृष्ट ब्याटिङ

काठमाडौँ : बंगलादेशमा भइरहेको यू-१९ एसिया कपमा नेपालले सान्त्वना जित हात पारेको छ। यसअघिका दुई खेल हार्दै समूह चरणबाटै बाहिरिसकेको नेपाललेसमूहको अन्तिम खेलमा युएईलाई ३ विकेटले पराजित गरेको हो।

नेपालको जितमा रोहित कुमार पौडेल र सन्दीप जोराले उत्कृष्ट ब्याटिङ गरे। 

टस जितेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ८ विकेट गुमाएर २६८ रन बनाएको थियो। नेपालले ५ बल अगावै ७ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो। नेपालको जितमा रोहितले सर्वाधिक ९२ रन बनाए। सन्दीपले ६७ रन जोडे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell