PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

सरकारी आश्वासन समितिको कार्ययोजना बनाउन उपसमिति गठन



पहिलोपोस्ट

सरकारी आश्वासन समितिको कार्ययोजना बनाउन उपसमिति गठन

काठमाडौं : राष्ट्रियसभा अन्तरगतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले आफ्नो कार्ययोजना बनाउन उपसमिति गठन गरेको छ। 

सिंहदरबारमा आज बसेको समितिको बैठकले एक वर्षे योजना बनाउन उपसमिति गठन गरेको हो। सभापति रामनारायण बिडारीको संयोजकत्वमा गठन भएको उपसमितिमा राधेश्याम अधिकारी, सुमन प्याकुरेल, बलराम बास्कोटा र विना पोखरेल सदस्य रहेका छन्।

उपसमितिले प्रत्यायोजित व्यवस्थापनसम्बन्धी कार्य, सरकारी आश्वासनसम्बन्धी कार्य र राष्ट्रिय महत्वको दस्तावेज अभिलेख व्यवस्थापनसम्बन्धी समितिको मूल कार्यलाई समेटेर एक वर्षे कार्ययोजना तयार पार्नेछ। 

बैठकमा समितिका सदस्यहरुले राष्ट्रिय महत्वको दस्तावेज अभिलेख गर्नका लागि पुस्तकालयको व्यवस्था गर्न विज्ञहरुसँग आवश्यक परामर्श गर्नुपर्ने आवश्यक्ता पनि औंल्याएका थिए। समितिका सदस्य राधेश्याम अधिकारीले पुस्तकालयसम्बन्धी आवश्यक परामर्श गरेर राष्ट्रिय महत्वको दस्तावेज अभिलेख राख्ने काम सुरु गर्नुपर्ने बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell