PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

बंगबन्धु गोल्डकप : हेर्नुस् ताजिकिस्तान विरुद्ध नेपालको खेल, तेज तामाङको डेब्यु



पहिलोपोस्ट

बंगबन्धु गोल्डकप : हेर्नुस् ताजिकिस्तान विरुद्ध नेपालको खेल, तेज तामाङको डेब्यु

काठमाडौँ : बंगलादेशमा भइरहेको बंगबन्धु गोल्डकपमा नेपालले आज समूह चरणको पहिलो खेल ताजिकिस्तानसँग खेल्दैछ। उक्त खेलको लागि विराज महर्जनको कप्तानीमा नेपालको पहिलो रोजाईँको टोलीको नाम सार्वजनिक भएको छ।


जसमा युवा खेलाडी तेज तामाङले डेब्यु गर्दैछन्। गत अगष्ट इन्डोनेसियामा भएको एसियन गेम्समा नेपालको यू-२३ टोलीबाट खेलिसकेका तेजले राष्ट्रिय टोलीबाट खेल्न लागेको यो पहिलो पटक हो। घरेलु फुटबलमा उनी नेपाल पुलिसबाट खेल्छन्।

नेपाली टोलीका नियमित सदस्य रोहित चन्द विदेशी लिग खेल्ने क्रममा हाल इन्डोनेसियामा रहेका कारण तेज राष्ट्रिय टोलीमा परेका थिए। 
 

नेपाली टोली:

गोलकिपर : बिकेश कुथु

डिफेण्डर : विराज महर्जन (कप्तान), अनन्त तामाङ, आदित्य चौधरी, दिनेश राजवंशी

मिडफिल्डरः निराजन खड्का, विशाल राई, तेज तामाङ, सुजल श्रेष्ठ

फरवार्ड : सुनील बल, विमल घर्तीमगर



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell