काठमाडौं : बानेश्वरमा रहेको संगम स्वीटमा कपडामा प्रयोग गरिने ‘हाइड्रो वान’ भन्ने केमिकल भेटिएपछि शिलबन्दी गरिएको छ। यसले रङ् बनाउने काम गर्छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौं, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र उपभोक्ताकर्मी सहितको अनुगमन टोलीले मंगलबार पसलमा अनुगमन गरेको थियो।
अनुगमनको क्रममा ‘वान्ली युज फर टेक्सटाइल’ भनेर लेखिएको केमिकल भेटिएपछि शिलबन्दी गरिएको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले बताए। यसको प्रयोग बढि हुँदा स्वास्थ्यलाई प्रतिकूल असर गर्छ।
‘त्यो केमिकल दूध र रसबरीलार्इ सेतो बनाउन प्रयोग गरिएको हाम्रो अनुमान छ’ उनले भने। तिमिल्सिनाका अनुसार पसलको मिलनचोकमा रहेको कारखानालार्इ समेत शिलबन्दी गरिएको छ।
यो पसलको भान्छा पनि फोहोर भेटिएको थियो। उनका अनुसार मिठार्इ बनाउन प्रयोग गरिएको तेल धेरै पटक प्रयोग भइसकेको पाइएको थियो। अनुगमनमा रहेका प्राविधिकका अनुसार तेलमा हुने पोलारिटी २५ हुनुपर्नेमा ३८.५ प्रतिशत पाइयो।