PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

बंगबन्धु गोल्डकप : डिफेण्डिङ च्याम्पियन नेपाल ताजिकिस्तानसँग पराजित



पहिलोपोस्ट

बंगबन्धु गोल्डकप : डिफेण्डिङ च्याम्पियन नेपाल ताजिकिस्तानसँग पराजित
फोटो : ANFA

काठमाडौँ : डिफेण्डिङ च्याम्पियन नेपालले हारबाट बंगबन्धु गोल्डकपको यात्रा सुरु गरेको छ। बंगलादेशमा हिजोबाट सुरु भएको प्रतियोगितामा नेपाल पहिलो खेलमै ताजिकिस्तानसँग पराजित भएको हो।

समूह ए अन्तर्गत मंगलवार भएको खेलमा ताजिकिस्तानले डिफेण्डिङ च्याम्पियन नेपाललाई २-० ले हरायो। ताजिकिस्तानले पेनाल्टी गोलको सहयोगमा खेल जित्दै ३ अंक जोडेको हो। उसका लागि कप्तान फत्खुल्लोएभले पहिलो हाफमा पेनाल्टीबाट गोल गरेका थिए भने दोस्रो हाफमा एक गोल थपेको थियो। २७औँ मिनेटमा नेपालका अनन्त तामाङले जाहोनोरलाई पेनाल्टी एरियामा फल गरेपछि ताजिकिस्तानले पेनाल्टी पाएको थियो। त्यसैमा कप्तानले गोल गरे।

दोस्रो हाफमा ताजिकिस्तानले एक गोल थप्यो। ७२औँ मिनेटमा तरुनोभ कोमरोनले गोल गर्दै अग्रता दोब्बर पारेका थिए। 

नेपालले अब शनिवार समूहको दोस्रो तथा अन्तिम खेल प्यालेष्टाइनसँग खेल्नेछ। तीन टोली समावेश रहेको समूहबाट शीर्ष दुई टोली दोस्रो चरण पुग्नेछ र त्यसका लागि नेपालले अन्तिम खेल जित्नैपर्ने भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell