PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

साफ यू-१८ वुमन्स च्याम्पियनसिप : बंगलादेशसँग हारेपछि नेपाल समूह उपविजेता, सेमिफाइनलमा भारतसँग खेल्ने



पहिलोपोस्ट

साफ यू-१८ वुमन्स च्याम्पियनसिप : बंगलादेशसँग हारेपछि नेपाल समूह उपविजेता, सेमिफाइनलमा भारतसँग खेल्ने
फोटो :BFF

काठमाडौँ : भुटानमा भइरहेको यू-१८ साफ वुमन्स च्याम्पियनसिप अन्तर्गत समूहको अन्तिम खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ। मंगलवार भएको खेलमा बंगलादेशसँग २-१ ले पराजित भएपछि नेपाल समूह बी को उपविजेता बनेको छ।

यसअघि नै सेमिफाइनल पुगिसकेको बंगलादेश र नेपालबीच आजको खेल समूह विजेता बन्ने होड थियो। जसमा बंगलादेश सफल भयो। नेपाल र बंगलादेशले यसअघि पाकिस्तानला२ पराजित गरेको थियो।

थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा बंगलादेशले पहिलो हाफमै दुई गोल गरेको थियो। नेपालको लागि खेलको अन्त्यतिर रश्मी कुमारी घिसिङले सान्त्वना गोल फर्काइन्।

समूह बी को उपविजेता बनेपछि नेपालले अब सेमिफाइनलमा समूह ए को विजेता भारतसँग खेल्नेछ। 

समूह बी को खेलमा आयोजक भुटानलाई हराएपछि लगातार दुई खेल जितेको भारत समूह विजेता बनेको हो। एक खेल जितेको भुटान समूह ए को उपविजेता बनेको छ र उसले अब सेमिफाइनलमा समूह बी को विजेता बंगलादेशसँग खेल्नेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell