PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

च्याम्पियन्स लिग: रियल मड्रिड सिएसकेए मस्कोसँग पराजित



पहिलोपोस्ट

च्याम्पियन्स लिग:  रियल मड्रिड सिएसकेए मस्कोसँग पराजित

डिफेण्डिङ च्याम्पियन रियल मड्रिड युरोपियन च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको खेलमा रसियन क्लब सिएसकेए मस्कोसँग पराजित भएको छ।

समूह जी को खेलमा १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको मस्कोले रियललाई १-० ले पराजित गरेको हो।

घरेलु मैदान मस्कोलाई शानदार जित दिलाउन निकोला भ्लासिकले खेलको दोस्रो मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। इन्जुरी टाइममा मस्कोका इकोर अकिनफिभ रातो कार्ड पाउदै मैदान बाहिरिएका थिए।

जितपछि दुई खेलबाट ४ अंक जोडेको मस्को समूह जी को शीर्ष स्थानमा उक्लेको छ। इटालियन क्लब रोमा र रियल मड्रिडको समान ३ अंक छ।

एडेन जेकोको ह्याट्रिक मद्दतमा रोमाले भिक्टोरिया प्लेजनलाई ५-० को फराकिलो अन्तरमा हरायो। रोमाका लागि सेन्जिज अन्डर जस्टिन क्लिभर्टले एक-एक गोल गरे।

यस्तै समूह इ को खेलमा जर्मन क्लब वायर्न म्युनिख डच क्लब अयाक्ससँग बराबरीमा रोकिएको छ। एक गोलको अग्रता लिएर पनि वायर्न घरेलु मैदानमा १-१ को बराबरीमा रोकियो। वायर्नका लागि खेलको पाँचौ मिनेट माट हुमेल्सले गोल गरेका थिए। तर नाउसिर माजाओइले अयाक्सका लागि २२औँ मिनेटमा बराबरी गोल फर्काए।

समूह इ कै अर्को खेलमा वेनफिकाले एइके एथेन्सलाई ३-२ ले पराजित गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell