PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

च्याम्पियन्स लिग : म्यानचेष्टर सिटीको पुनरागमन जित, युनाइटेड बराबरीमा रोकियो



पहिलोपोस्ट

च्याम्पियन्स लिग : म्यानचेष्टर सिटीको पुनरागमन जित, युनाइटेड बराबरीमा रोकियो

म्यान्चेष्टर सिटीले युरोपियन च्याम्पियन्स लिगमा पुनरागमन जित हात पार्दा छिमेकी म्यानचेष्टर युनाइटेड भने बराबरीमा रोकिएको छ।

समूह एफ को खेलमा सिटीले एक गोलले पछि परेको अवस्था उल्टाउदै जर्मन क्लब होफेनहेइमलाई २-१ ले हरायो।

खेलको पहिलो मिनेटमै होफेनहेइमले घरेलु मैदानमा अग्रता लिएको थियो। सिटीका लागि सर्जियो अगुएरोले पहिलो हाफमा बराबरी गोल फर्काए।

खेलको ८७औँ मिनेटमा डेभिड शिल्भाले गोल गर्दै सिटीलाई जित दिलाएका हुन्। समूह एफमा पहिलो जितपछि सिटीले ३ अंक जोडेको छ। पहिलो खेलमा सिटी लियोनसँग हारेको थियो। यसै समूहको अर्को खेलमा लियोन र साख्तर डोनेस्कले २-२ को बराबरी खेल्दै अंक बाँडेका छन्।

उता समूह एचको खेलमा युनाइटेडले स्पानिस क्लब भ्यालेन्सियासँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell