PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

च्याम्पियन्स लिग : युभेन्ट्स र रोमाको शानदार जित, पाउलो डिबला र एडेन जेकोको ह्याट्रिक



पहिलोपोस्ट

च्याम्पियन्स लिग : युभेन्ट्स र रोमाको शानदार जित, पाउलो डिबला र एडेन जेकोको ह्याट्रिक

युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता युरोपियन च्याम्पियन्स लिगमा दुई इटालियन क्लब युभेन्ट्स र रोमाले शानदार जित हात पारेका छन्।

युभेन्ट्सले समूह एचको खेलमा योङ ब्वाइजलाई ३-० ले हरायो। ओल्ड लेडीका लागि पाउलो डिबलाले ह्याट्रिक गरे। डिबलाले पाँचौ, ३३औँ र ६९औँ मिनेटमा गोल गरे। ७८औँ मिनेटमा मोहमेद अली कमाराले रातो कार्ड पाएपछि योङ ब्वाइज दश खेलाडीमा झरेको थियो।

लगातार दोस्रो जितपछि युभेन्ट्सले ६ अंक जोडेको छ।

यस्तै एडेज जेकोले ह्याट्रिक गरेपछि रोमाले भिक्टोरिया प्लेजनलाई ५-० ले पराजित गरेको छ। पहिलो हाफको तेस्रो र ४०औँ मिनेटमा गोल गरेका जेकोले इन्टुरी टाइममा गोल थप्दै ह्याट्रिक पुरा गरेका हुन्।

रोमाका लागि सेन्जिज अन्डर जस्टिन क्लिभर्टले एक-एक गोल गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell