PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

माटोको ढिस्कोले पुरिएर बालिकाको मृत्यु



पहिलोपोस्ट

माटोको ढिस्कोले पुरिएर बालिकाको मृत्यु
प्रतीकात्मक तस्विर, घटनासँग तस्विर सम्बन्धित छैन।

कञ्चनपुरः माटोको ढिस्कोले पुरिएर मङ्गलबार शुक्लाफाँटा नगरपालिका–१ बन्साहाका नौ वर्षीया जानकी बिष्टको मृत्यु भएको छ।

चाडपर्वका लागि घर लिपपोत गर्न माटो लिन गएकी बिष्टको माटो खन्ने क्रममा ढिस्कोले पुरिएर मृत्यु भएको हो। ढिस्कोले पुरिएकी उनको तत्कालै स्थानीय बासिन्दाले उद्धार गरी उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell