PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

सुदूरपश्चिम प्रदेशको राजधानी विवादः विरोधमा समाचार लेखेको भन्दै प्रत्रिका जलाइयो



एम बम

सुदूरपश्चिम प्रदेशको राजधानी विवादः विरोधमा समाचार लेखेको भन्दै प्रत्रिका जलाइयो

कैलालीः सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी तोकिएपछि राष्ट्रिय पत्रिकाहरूले गोदावरीका विरुद्धमा समाचार लेखेको भन्दै दैनिक पत्रिकाहरू जलाइएका छन्। 

बुधबार बिहानै नेपालगञ्जबाट सुदूरपश्चिम प्रदेशमा ल्याउन लागिएका कान्तिपुर, नागरिक र अन्नपूर्ण पोस्ट दैनिक पत्रिका अत्तरियाका युवाहरूले नियन्त्रणमा लिएर जलाएका हुन्। 

शुक्रबारको प्रदेश सभाको दुई तिहाइले सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी तोकेपछि राष्ट्रिय तथा स्थानीय पत्रपत्रिकाहरूले जङ्गल मासेर राजधानी बनाउँदा पर्यावरणमा गम्भीर असर पुग्ने भन्दै समाचार लेखेका थिए। यस्तै, कतिपय दैनिकहरूले चुरे क्षेत्र खतरामा, बाघको बाटोमा राजधानी लगायतका शीर्षक दिएर समाचार प्रकाशन गरेका थिए।

समाचार लेखेको विषयलाई लिएर पत्रपत्रिका जलाइनु निन्दनीय भएको भन्दै उक्त कार्यको सर्वत्र विरोध भइरहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell