PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

बालाजुबाट पाँच किलो सुनसहित एक जना पक्राउ, लोकल बस चढेर आएका युवकले कम्मरमा बाँधेर ल्याएका थिए सुन



पहिलोपोस्ट

बालाजुबाट पाँच किलो सुनसहित एक जना पक्राउ, लोकल बस चढेर आएका युवकले कम्मरमा बाँधेर ल्याएका थिए सुन

काठमाडौँः रसुवाको केरुङ नाका हुँदै काठमाडौँ ल्याइएको पाँच किलो सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले मंगलबार बालाजुको तिनपिप्ले भन्ने स्थानबाट सुनसहित एक जनालाई नियन्त्रणमा लिएको परिसरका प्रमुख एसएसपी वसन्त लामाले जानकारी दिए। प्रहरीले सुनसहित रसुवा घर भएका  १८ वर्षीय सोमबहादुर तामाङलाई नियन्त्रणमा लिएको हो।

बरामद गरेको ५ केजी सुनको बजार मूल्य दुई करोड ५० लाख रुपैयाँ हुन आउँछ। परिसरले केही दिन अगाडि पनि रसुवा नाकाबाट भित्र्याइएको तीन केजी सुनसहित दुई जनालाई पक्राउ गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell