PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

इजलास तोडफोड र आक्रमण गरेका नुरप्रसादलाई ज्यान मार्ने उद्योगमा मुद्दाको तयारी



पहिलोपोस्ट

इजलास तोडफोड र आक्रमण गरेका नुरप्रसादलाई ज्यान मार्ने उद्योगमा मुद्दाको तयारी

काठमाडौँ: आफ्नो पक्षले मुद्दा हारेपछि इजलास तोडफोड र आक्रमण गरेका नुरप्रसाद अधिकारीलाई प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ताको तयारी गरेको छ। प्रहरीले अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ। 

उच्च अदालत पाटनका इजलास अधिकृत रोशन बस्नेतमाथि ज्यान लिने उदेश्यले कुर्सी हानेको तथा इजलास तोडफोड गरेको अभियोगमा अधिकारी पक्राउ परेका थिए। अधिकारीलाई असोज ७ गते नियन्त्रणमा लिएको थियो। प्रहरीले अदालतको पत्राचार अनुसार ज्यान मार्ने उद्योगमा अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी शेखर खनालले जानकारी दिए।

उच्च अदालत पाटनमा बिन्दु धतानी सुनार वादी रहेको मुद्दामा अधिकारी वारेस थिए। अदालतले जिल्ला अदालतकै आदेश सदर गरेपछि बिन्दुले मुद्दा हारेकी थिइन्। मुद्दा हारेपछि वारेस बसेका अधिकारीले इजलास तोडफोड गरेका थिए। कम्युटर, दराज तोडफोडसँगै उनले इजलास अधिकृत बस्नेतमाथि कुर्सी प्रहार गरेका थिए।

अधिकारी गोरखा फुजेल हत्याकान्डका दोषीलाई कारबाहीको माग गर्दै लामो समय अनशन बसेकी गंगामाया अधिकारीका छोरा हुन्।

यसअघि महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले गत साउन २० गते बेपत्ता रहेका नुरप्रसादलाई नियन्त्रणमा लिएर आमा गंगामाया अनशनरत रहेके स्थल वीर अस्पतालमा पुर्यासएको थियो। भाई कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी मुद्दाको चितवन जिल्ला अदालतनमा सुनुवाइ हुँदा पनि जाहेरवाला रहेका उनी अनुपस्थित थिए। जाहेरवाला अनुपस्थित भएकै कारण देखाएर अदालतले आरोपितलाई सफाई दिएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell