PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

९० प्रतिशत फिल्म फ्लप, प्रदर्शनमा ‘प्रेमलीला’



पहिलोपोस्ट

९० प्रतिशत फिल्म फ्लप, प्रदर्शनमा ‘प्रेमलीला’

काठमाडौंः  फिल्म ‘प्रेमलीला’को फस्टलुक सार्वजनिक भएको छ। फस्टलुकमा फिल्मकी मुख्य अभिनेत्री दीपशिखा खड्का फिचर्ड छिन्। नयाँ अवतारमा दीपशिखाको कपाल मुण्डन गरिएको छ।

दीपशिखा फिल्मकी निर्मात्री समेत हुन्। उनले ‘प्रेमलीला’लाई आफ्नो डेब्यू फिल्म मानेकी छिन्। हुन त यो उनको पहिलो फिल्म होइन। तर पहिला गरेका फिल्महरुले खासै आफूलाई नचिनाएको तर्क गर्छिन् दीपशिखा।

उनले भनिन् ‘पहिला गरेको कुनै फिल्मले मलाई चिनाउन सकेन, त्यसैले यो फिल्मलाई डेब्यू भन्छु।‘

फिल्ममा भारतीय मोडल अली खानको अभिनय छ। यो उनको डेब्यू फिल्म हो। यसअघि उनी बलिउडमा मोडलिङ गर्थे। फिल्मबाट उनी आशावादी छन्। फिल्ममा नेपाली र भारतीय पात्रको कथा रहेको छ। भारतीय पात्रको भुमिकामा अली देखिनेछन्। 

फिल्ममा उनले खासै नेपाली भाषा बोल्नु नपरेको बताए। फस्टलुक सार्वजनिक कार्यक्रममा वितरक सुनिल मानन्धरले फिल्महरुको व्यवसायिक असफलताबारे बोले। उनले प्रदर्शनमा आएका ९० फिल्म व्यवसायिक रुपले असफल रहेको बताए। उनले भने ‘पछिल्लो समय रिलिज भएको ९० प्रतिशत फिल्म डुबेका छन्। नयाँ निर्मातालाई यस क्षेत्रमा आउन उत्साह दिन मैले छोडिसकें। पछिल्ला केही हिट भएका फिल्मले पनि ५० लाख घाटा खाएका छन्।’  

फिल्म ‘प्रेमलीला’लार्इ जनक पाण्डेले निर्देशन गरेका हुन्। फिल्ममा दीपशिखा र अलीसँगै सुरज तमु र रेखा शाहको मुख्य अभिनय रहेको छ।फिल्ममा पवन गौतमको छायाँकन, महेश खड्का, नबिन कार्की र रविराज शाहको संगीत रहेको छ। फिल्म माग २५ देखी अल नेपाल प्रदर्शनमा आउँदैछ। 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell