PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

दीपाश्री निरौलाको र्‍याप



पहिलोपोस्ट

दीपाश्री निरौलाको र्‍याप

काठमाडौंः फिल्म ‘छक्का पञ्जा ३’ प्रदर्शनको तयारीमा छ। घटस्थापनादेखी प्रदर्शनमा आउने यस फिल्मको टिमले प्रचार सुरु गरेको छ।

निर्माण टिमले हालै प्रचार सामाग्री एक भिडियो सार्वजनिक गर्‍यो। ‘पहिलो नम्बरमा’ बोलको गीतमा नयाँ शब्द राखेर भिडियो सार्वजनिक भयो। टिमले पुराना फुटेज जोडेर भिडियो निर्माण गरेका छन्। भिडियोमा कलाकारहरुले र्‍याप गाएका छन्।

कलाकार दीपकराज गिरी, दिपाश्री निरौला, केदार घिमिरे र जितु नेपालले र्‍याप गाएका छन्। गीतमा स्वर डेविड शंकरकै छ। जे होस् यो टिम फिल्म प्रचारका लागि अगाडी नै छ।

पछिल्लो समय यो‍ फिल्मसँगै ‘जय भोले’ एकसाथ प्रदर्शनमा आउने कुरा थियो। तर, अब भने दुई फिल्म फरक मितिमा प्रदर्शनमा आउने भएको छ। ‘जय भोले’ फुलपातीको दिनदेखी प्रदर्शनमा आउने भएको छ। दुवै फिल्मका टिम प्रचारमा निकै समय खर्चिरहेका छन्। अहिले ‘जय भोले’ टिम स्कुल क्याम्पियनमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell