PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कानुन विपरीत काम गर्नेलाई कडाईका साथ निरुत्साहित बनाउन मुख्यमन्त्री पोखरेलको निर्देशन 



चन्द्रकान्त खनाल

कानुन विपरीत काम गर्नेलाई कडाईका साथ निरुत्साहित बनाउन मुख्यमन्त्री पोखरेलको निर्देशन 

बुटवल: प्रदेश नं ५का मुख्यमन्त्री शंकर पोखरेलले शान्ति सुरक्षा कायम राख्न सबै सुरक्षा निकायले जनतासँग जोडिएर काम गर्नुपर्ने बताएका छन्। पाँच नम्बर प्रदेशको सुरक्षा  गोष्ठीको आज बुटवलमा  उद्घाटन गर्ने मुख्यमन्त्री पोखरेलले जनतासँग जोडिएर काम नगर्ने, जनताको विश्वास नजित्ने सुरक्षा निकायले प्रभावकारी काम गर्न नसक्ने वताएका छन्।

जनतासँगको सम्बन्ध जीवन्त बनाउन सबै सुरक्षा नियकालाई सुझाव दिए। मुख्यमन्त्रीले शान्ति सुरक्षाको विषय वहुआयामिक रहेकोले अपराध नियन्त्रणलाई मात्र नबुझ्न आग्रह गरे। शान्ति सुरक्षा सुशासनसँग पनि प्रत्यक्ष जोडिएको विषय भएकाले संगठित शक्ति संस्कृति आदिका माध्यमबाट कानुनलाई हातमा लिन खोज्नेहरु,असंवैधानिक र कानुन विपरीत काम गर्नेहरुलाई कडाईका साथ निरुत्साहित वनाउनु पर्ने बताए।
सुरक्षाको विषय स्थानीय, प्रदेश र संघको भनेर छुट्याउन नहुने भन्दै कन्चनपुर घटनाले सिंगो देशमा तरंग ल्याएको मुख्यमन्त्री पोखरेले बताए। अनुसन्धानमा सुरक्षा निकायले  नागरिकलाई उपेक्षा गरेको महसुस गरे त्यहां अविश्वास र समस्या पैदा हुदा यो अबस्था श्रृजना भएको बताएका छन।

सुचना प्रविधि र सञ्चारका कारण समाज धेरै खुला भएको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले कन्चनपुर घटनाबाट पाठ सिकेर आफ्नो कार्यसम्पादनलाई जवाफदेहितापुर्ण, वैज्ञानिक र पारदर्शी बनाउन पनि सुरक्षा निकायलाई निर्देशन दिए। गोष्ठीमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव डा. मानबहादुर विकेले प्रदेशभित्रको शान्ति सुरक्षा कसरी सबल र सक्षम बनाउने भन्ने उद्देश्यले गोष्ठी गरिएको बताए।

गोष्ठीमा प्रदेश ५ का १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख,अनुसन्धान प्रमुख,ससश्त्र प्रहरी प्रमुख र नेपाली सेनाका पृतनापति सहभागी छन्। १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले आफ्नो जिल्लाको शान्ति सुरक्षाको अवस्था, चुनौति, समस्याको समाधान र महिला हिंसा,सवारी दुर्घटना,लागू औषध नियन्त्रण,चोरी निकासी नियन्त्रणमा गरिएका उपायहरुबारे जानकारी गराउने छन्।

यस्तै प्रदेश ५ ट्राफिक कार्यालयले प्रदेशको ट्राफिक व्यवस्थापन तथा सडक दुर्घटना न्यूनिकरणको प्रयास,चुनौति र योजना, राष्ट्रिय अनुसन्धान निर्देशकबाट सूचना संकलन तथा वितरणको अवस्था,प्रदेश प्रहरी प्रमुख शेरबहादुर बस्नेतबाट समष्ठीगत सुरक्षा अवस्था र योजनाको बारेमा जानकारी गराइने छ। आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीको अध्यक्षता भएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell