PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

काठमाडौंको गोठाटारबाट बालक अपहरण! 'अज्ञात समूहले गाडीमा हालेर लगेका थिए'



पहिलोपोस्ट

काठमाडौंको गोठाटारबाट बालक अपहरण! 'अज्ञात समूहले गाडीमा हालेर लगेका थिए'

काठमाडौः काठमाडौंको गोठाटारबाट एक बालक अपहरणमा परेको प्रहरीमा खबर आएको छ।

गोठाटारका ८ वर्षीय बालक अपहरणमा परेका हुन्। तेज विनायक विद्यालयमा नजिकैबाट बालक अपहरण भएको एक महिलाले जानकारी दिएको प्रहरीले जनाएको छ।

बालकको खोजी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त लामाले जानकारी दिए। एसएसपी लामाले भने,'बालक अपहरणमा परेको जानकारी आएको छ। अपहरण हो कि के हो हामी बुझ्दै छौं।'

तीन जनाको समूहमा आएका अज्ञात व्यक्तिले बालक लगेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले बालकको खोजी गरिरहेको छ। बालक को हुन्? कहाँका हुन् भन्ने ठेगाना भने खुल्न सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell