PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

सामाजिक व्यक्तित्वबाट पाठ सिक्न वामदेव गौतमकाे आग्रह



रासस

सामाजिक व्यक्तित्वबाट पाठ सिक्न वामदेव गौतमकाे आग्रह

तनहुँः नेपाल कम्युनिस्ट पार्टी(ने क पा) का नेता वामदेव गौतमले समाजका लागि योगदान दिएका व्यक्तित्वको जीवनीबाट पाठ सिक्नुपर्ने बताएका छन्।

तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठका पिता केवलबहादुरको निधनको नवौँ दिनमा समवेदना व्यक्त गर्न यहाँ आएका नेता गौतमले स्व‍. श्रेष्ठको तस्वीरमा माल्यार्पण गरेका थिए।

उनले केवलबहादुर पार्टीले गल्ती बाटो अवलम्बन गरेको अवस्थामा औंला उठाएर खबरदारी गर्ने व्यक्तित्व भएकाे बताए । उनको ८३ वर्षका उमेरमा निधन भएको थियो। 

सो अवसरमा सांसद तुलसी थापा, नेकपाका नेता हितराज पाण्डे, गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङलगायत नेताको सहभागिता थियो। सांसद श्रेष्ठको परिवारलाई समवेदना व्यक्त गर्न यतिबेला प्रदेश र केन्द्रका केन्द्रीय नेताहरु आइरहेका छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell