PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

निर्मलालाई न्याय माग्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना,  'कालापानीमा जस्तै लड्न तयार' 



एम बम

निर्मलालाई न्याय माग्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना,  'कालापानीमा जस्तै लड्न तयार' 

कैलाली: निर्मला हत्या प्रकरणका दोषीमाथि कारवाहीको माग गर्दै महिला अधिकारकर्मीहरुले बुधवार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाएका छन्।
 
धनगढीको ट्राफिक चौराहबाट र्‍यालीसहित नाराबाजी गर्दै मुख्यमन्त्री कार्यालयसम्म पुगेका महिला अधिकारकर्मीले मुख्यमन्त्री कार्यालय अगाडी धर्ना दिएर ज्ञापनपत्र बुझाएका हुन्।
 
निर्मलाको न्यायका लागि कञ्चनपुरमा विगत दुई महिना यता संघर्षरत महिला अधिकारकर्मीहरुको टोली आज धनगढी पुगेको हो। संघर्ष मितिका संयोजक हेलेन श्रेष्ठको नेतृत्वमा आएको टोलीमा काठ्माण्डौबाट आइपुगेककी महिला अधिकाकरकर्मी सावित्री सुवेदी पनि सहभागी थिइन्।  

निर्मलाको हत्यारा पत्ता लगाउन आन्दोलन गर्दा घाइते भएकी महिला अधिकारकर्मी मञ्जु गिरीले सरकारले हत्यारा पत्ता नलगाएसम्म आन्दोलन जारी रहने बताइन्। ‘सन्नी खुना सहिद भइसके। १२ जना घाइते मध्यकी एक म पनि हुँ।’ उनले भनिन् ‘अहिलेसम्म हत्यारा पत्ता लागेको छैन। प्रशासनले केही पनि गनउसकेको छैन। किन पत्ता लागेन सरकारले जवाफ दिनुपर्छ र चाडो भन्दा चाँडो कारवाही गर्नु पर्छ। यदी होइन भने कालापानीमा जसरी महिलाहरु बच्चा बोकेर लडाइँ लडेका थिए, हामी त्यहीँ लडाइ दोहर्‍याउन तयार छौँ।’ हत्यारालाई सार्वजनिक गरेर कारवाही गर्नै पर्ने उनको जोड छ। 

काठ्माण्डौँबाट प्रदर्शनमा सहभागी हुन आएकी सावित्री सुवेदीले सरकार हत्यारा जोगाउने खेलमा लागेको आरोप लगाइन्।  

ज्ञापनपत्र बुझ्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सरकार घटनाको अनुसन्धानमा हरदम प्रयासरत रहेको बताए। आगामी दिनमा थप सशक्त तरिकाले घटनाको छानविनमा लाग्ने बताउदै सवैको सहयोग चाहिने पनि उनको भनाइ छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell