PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

३३ किलो सुन प्रकरणमा मुछिएका एसएसपी लोहनी र एसपी खनालको निलम्बन फुकुवा



पहिलोपोस्ट

३३ किलो सुन प्रकरणमा मुछिएका एसएसपी लोहनी र एसपी खनालको निलम्बन फुकुवा

काठमाडौः ३३ किलो सुन प्रकरणमा उच्च अदालत विराटनगरले साधारण तारेखमा रिहा गर्न आदेश दिएका दुई प्रहरी अधिकृतको निलम्बन फुकुवा भएको छ।

गृहमन्त्रालयले एसएसपी दिवेश लोहनी र एसपी विकासराज खनालको निलम्बन फुकुवा गरेको हो। जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा राख्न दिएको आदेश उच्च अदालतले उल्टाएसँगै उनीहरुले निलम्बन फुकुवाको लागि गृहमा निवेदन दिएका थिए। तीनै जना गत बैशाखमा निलम्वनमा परेका थिए। गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले नियम अनुसार नै काम गरिएको बताए।

३३ किलो सुन प्रकरणमा एसएसपी लोहनीलाई गत वैशाख १९ गते सरकारले गठन गरेको उच्चस्तरीय छानविन समितिले पक्राउ गरेको थियो। लोहनीलाई गत भदौ २९ गते अदालतले रिहा गर्न आदेश दिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell