PahiloPost

Apr 10, 2025 | २७ चैत्र २०८१

आन्दोलनबाट प्राप्त उपलब्धिलाई समाप्त पार्न षड्यन्त्र हुँदैछ: उपप्रधानमन्त्री यादव



रासस

आन्दोलनबाट प्राप्त उपलब्धिलाई समाप्त पार्न षड्यन्त्र हुँदैछ: उपप्रधानमन्त्री यादव

जनकपुरधामः उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले स्वदेशमै रोजगारीको सिर्जना गरेर देशलाई समृद्धितर्फ लैजान सबैको ध्यान जानुपर्ने बताएका छन्। 

संघीय समाजवादी फोरम नेपालका अध्यक्षसमेत रहेका यादवले विदेशबाट दिनहुँ आउने शवले सबै नेपालीलाई पीडा दिएको उल्लेख गर्दै स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्ने धारणा राखे। उनले गरिबी तथा बेरोजगारीका नाममा अहिले पनि अन्तर्राष्ट्रिय जगतमा सहयोगको याचना गर्नुपर्ने अवस्था रहनु चिन्ताको विषय भएको बताए। 

समाजवादी लोकतान्त्रिक ट्रेड युनियन महासंघ नेपाल प्रदेश नं २ को प्रथम भेलामा बुधबार उपप्रधानमन्त्री यादवले मगन्ते मानसिकताले परनिर्भरताको अन्त्य कहिल्यै हुन सक्दैन बताए। उनले गरिबी, बेरोजगारी र अभावग्रस्त जनतालाई समानता, सम्पन्नता र अधिकार प्राप्त गराउनु अहिले पनि चुनौतीपूर्ण  रहेकाे बताए।

 यादवले सामाजिक न्याय र समृद्धिका लागि आर्थिक, शिक्षा, स्वास्थ्य, सिँचाइ, उद्योग, कलकारखाना स्थापना, कृषिको आधुनिकीकरण गर्न अपरिहार्य भएको अाैँल्याए। 

उनले आन्दोलनबाट प्राप्त उपलब्धिलाई समाप्त पार्न देशी, विदेशी षडयन्त्र भइरहेकाले सबैलाई सजग रहन आग्रह गर्दै संविधान संशोधनविना मधेशी जनतासँग भइरहेको विभेदको अन्त्य हुन नसक्ने धारणा राखे। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell