
युरोपियन च्याम्पियन्स लिग अन्तर्गत समूह सी को खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले एफके जेज्दालाई ६-१ ले पराजित गरेको छ। पीएसजीको लागि नेमारले ह्याट्रिक गरे। घरेलु मैदानमा भएको खेलमा एडिनसन कभानी, एन्जल डि मारिया र किलिएन एमबाप्पेले बाँकी गोल गरे।
पहिलो खेलमा लिभरपुलसँग पराजित भएको पीएसजीले पहिलो जितपछि ३ अंक जोडेको छ। यसै समूह अर्को खेलमा लिभरपुल इटालियन क्लब नेपोलीसँग १-० ले पराजित भयो। नेपोलीका लागि घरेलु मैदानमा लरेन्जो इनसिग्नेले ९०औँ मिनेटमा निर्णायक गोल गरे।
पहिलो खेल बराबरी खेलेको नेफवली जितपछि ४ अंकसहित समूहको शीर्ष स्थानमा उक्लिएको छ।
यसैगरी समूह डी को खेलमा पोर्टोले गालातासारेलाई र साल्केेले लोकोमोतिभ मस्कोलाई समान १-० को नतिजामा पराजित गरे। पहिलो खेलमा एकआपसमा बराबरी खेलेका दुवै टोलीका लागि यो पहिलो जित हो र दुवैले समान ४ अंक जोडेका छन्।