PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

दुई सातापछि प्रधानमन्त्री ओली स्वदेश फर्कँदै



पहिलोपोस्ट

दुई सातापछि प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

काठमाडौँः सयुक्त राष्ट्र संघको ७३औँ महासभामा भाग लिन न्यूयोर्क गएका प्रधानमन्त्री केपी शर्मा ओली करिब दुई साताको भ्रमणपछि आज स्वदेश फर्कँदैछन्। महासभापछि प्रधानमन्त्री ओलीले कोस्टारिकाको भ्रमण गरेका थिए। त्यहाँ शान्ति विश्वविद्यालयले उनलाई मानार्थ विद्यावारिधि उपाधि दिएको थियो। 

असोज ६ गते न्यूयोर्क प्रस्थान गरेका ओली बिहीबार दिउँसो काठमाडौँ आइपुग्ने तालिका छ। प्रधानमन्त्री ओलील दिउँसो कतार एयरवेजको विमानबाट ३ः४५ बजे विमानस्थल आइपुग्ने कार्यतालिका रहेको छ।

न्यूयोर्कमा प्रधानमन्त्री ओलीले राष्ट्र संघको महासभालाई सम्बोधन गरेका थिए। यस्तै विभिन्न अन्तरक्रिया तथा छलफलमा पनि सहभागी भएका थिए। 

प्रधानमन्त्रीको टोलीमा पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी, प्रमुख सल्लाहकार विष्णु रिमाल लगायत छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell