PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

नक्कली बिल बनाई राजश्व छली गर्ने दुई जना पक्राउ



पहिलोपोस्ट

नक्कली बिल बनाई राजश्व छली गर्ने दुई जना पक्राउ

इनरुवाः सुनसरी कोशी गाउँपालिका–८ बाट नक्कली बिल बनाई राजश्व छली गर्ने दुई जनालाई पक्राउ गरिएको छ।

को१च ५०४ नं को बोलेरोमा नक्कली बिल बनाइ मदिरा लिएर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेका रामधुनी नगरपालिका–५ झुम्काका काशीराम चौधरी र अनिलकुमार चौधरीलाई बुधबार पक्राउ गरी राजश्व अनुसन्धान कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्र फुँयालले जानकारी दिए।

उक्त गाडीमा उमङ्ग, गोर्खा बियर, रुसलान भोट्कासहित १५ प्रकारका मदिरा थिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell