PahiloPost

Apr 6, 2026 | २३ चैत्र २०८२

पीपीएल : अनिल खरेल बुटवल ब्लास्टर्सको लोकल आइकोन प्लेअर



पहिलोपोस्ट

पीपीएल : अनिल खरेल बुटवल ब्लास्टर्सको लोकल आइकोन प्लेअर

काठमाडौँ : पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० का लागि बुटवल ब्लास्टर्स पहिलो 'लोकन आइकल प्लेअर' को नाम सार्वजनिक गरेको छ।

नेपालको लागि यू-१६ राष्ट्रिय टिमबाट खेलिसकेका अनिल खरेललाई बुटवलले स्थानिय खेलाडीको रुपमा टिममा राखेको हो। बुटवलको मार्की प्लेअरमा राष्ट्रिय टिमका सोमपाल कामी छन् भने अक्सनबाट बुटबलले सर्वाधिक १४ खेलाडी लिएको थियो।

आयोजको नियमअनुसार पीपिएल खेल्ने ६ टिमले दुई विदेशी खेलाडी र आफ्नो शहरको दुई लोकल आइकन प्लेअर रख्नुपर्नेछ। बुटवलले अर्को लोकल आइकनको नाम भने घोषणा गरेको छैन।

बुटवलले अक्सनमा सागर पुनलाई सबैभन्दा धेरै २ लाख ५० हजारमा अनुबन्ध गरेको थियो। यस्तै राष्ट्रिय टिमका ललित सिंह भण्डारी, सिंद्धान्त लोहनी, घरेलु क्रिकेटमा राम्रो खेलिसकेका हरी बहादुर चौहान र हासिम अन्सारी, यू-१९ टिमका भिम शार्की जस्ता खेलाडी बुटवल टोलीमा छ।

कात्तिक ९ देखि २० सम्म पर्यटकिय नगरी पोखरामा आयोजना हुने पहिलो संस्करणको रुपमा बुटवलसँगै विराटनगर टाइटन्स, काठमाडौँ रोएल्स, चितवन राइनोज, पोखरा पल्टन र धनगढी ब्लुजले प्रतिस्पर्धा गर्नेछन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell