PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

बुटवलबाट दुई भारतीय नागरिकसहित तीन जना पक्राउ, ८ लाख ७८ हजार रुपैयाँ बरामद



पहिलोपोस्ट

बुटवलबाट दुई भारतीय नागरिकसहित तीन जना पक्राउ, ८ लाख ७८ हजार रुपैयाँ बरामद

रुपन्देहीः बुटवलमा होटलमा बास बस्दै गरेका ३ जना अवैध नगदसहित पक्राउ परेका छन्।

पक्राउ पर्नेहरुमा दुई भारतीय र एक नेपाली नागरिक छन्। उनीहरुको साथबाट ८ लाख ७८ हजार ४ सय रुपैयाँ बरामद गरिएको छ।

इलाका प्रहरी कार्यलय बुटवलका अनुसार गञ्जरोडमा रहेको ग्रान्ड होटलबाट ४ लाख ३० हजार २५० भारतीय रुपैयाँ एक लाख ९० हजार नेपाली रुपैयाँसहित उनीहरुलाइ होटलबाटै पक्राउ गरिएको हो।  विषेश सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक डिल्ली बहादुर मल्लले बताए।

पक्राउ पर्नेमा  भारतीय नागरिक मेराजुन मिया र इमरान खान तथा नेपाली नागरिक मेघनाथ कुशपडिया छन्।

तीनै जनालाई अनुसन्धानको लागि इलाका प्रहरी कार्यलय बुटवलमा राखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell