PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

नीताको जवानीको बजार



पहिलोपोस्ट

नीताको जवानीको बजार

काठमाडौंः फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा ‘दि कर्मा’को निर्माण टिमले प्रचार थालेको छ। टिमले प्रचार अस्त्रका रुपमा पहिलो गीतको भिडियो सार्वजनिक गरेको हो।  

फिल्मको 'बजार लाग्या छ' बोलको गीतको भिडियोमा अभिनेत्री नीता ढुंगाना, करण वर्मा र बुद्धी तामाङ फिचर्ड छन्। त्यस्तै गीतमा अभिनेत्री परमिता राज्यलक्ष्मी राणाको नयाँ अवतार देख्न सकिन्छ।  

कोशिस क्षेत्रीको शब्द तथा संगीत रहेको गीतमा मनिषा पोखरेलको स्वर रहेको छ। गीतको भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ। फिल्मलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन्। नेपाल र भारतको सिमा क्षेत्रमा हुने घट्नामा आधारित रहेर फिल्म बनेको निर्देशक देवले बताए।  फिल्ममा रामेश्वर कार्कीको छायाँकन र अष्ट महर्जनको द्वन्द रहेको छ।

फिल्म मंसिर ७ गतेदेखि प्रदर्शनमा आउनेछ। जय मिडिया म्यानेजमेन्टको ब्यानरमा बनेको फिल्मको छायाँकन नेपालको तराई क्षेत्रमा भएको हो। करण भारतीय मोडल तथा कलाकार हुन्।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell