PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

जलस्रोत व्यवस्थापनबारे नेपाल–अष्ट्रेलियाबीच साझेदारी



पहिलोपोस्ट

जलस्रोत व्यवस्थापनबारे नेपाल–अष्ट्रेलियाबीच साझेदारी

काठमाडौं: नेपाल-अष्ट्रेलिया संयुक्त परामर्श समिति नदी किनार, पारिस्थितिक पद्धति तथा जल व्यवस्थापनका क्षेत्रमा सहकार्य गर्न सहमत भएको छ।

संयुक्त परामर्श समितिको हालै सम्पन्न द्विपक्षीय बैठकमा त्यस्तो सहमति भएको यहाँस्थित अष्ट्रेलियाली राजदूतावासले जनाएको छ। 

जलस्रोत व्यवस्थापनमा विश्वमा कहिलिएको मुलुक अष्ट्रेलियासँगको साझेदारीबाट नेपाल लाभान्वित हुने जल तथा शक्ति आयोगका सहसचिव माधव वेलबासेले बताए।

नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बडले साझेदारीका नयाँ क्षेत्र विस्तार गर्न आफ्नो मुलुक तयार रहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell