PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

सिंहदरबार अगाडि नै प्रहरी प्रमुखको राजिनामा माग



पहिलोपोस्ट

सिंहदरबार अगाडि नै प्रहरी प्रमुखको राजिनामा माग

काठमाडौं : सत्तारुढ दल निकट विद्यार्थी संगठन अनेरास्ववियुले नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालको राजिनमा माग गरेका छन्।
प्रहरी महानिरीक्षक खनालको कार्यशैली कमजोर भएको भन्दै उनीहरुले उनको राजिनामा मागेका हुन्। विभिन्न विद्यार्थी संगठनले आज बिहान सिंहदरवार अगाडि प्रर्दशन गर्दै राजिनामा माग गरे।

देशभरि अपराधिक गतिविधि बढ्दै गएको, अपराधीलाई पक्राउ गर्न नसक्नु र प्रहरी आफै नै घटनाको ढाकछोप गर्न लाग्दा पनि महानिरीक्षकले कुनै कदम नलिएकाले उनीहरुले महानिरीक्षक खनालको राजिनामा माग्न परेको जनाएका हुन्। बिहीवार विहान उनीहरुले महानिरीक्षक खनालको राजिनामा माग्दै गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाउँदै छन्।

गत साउन ११ गते कञ्चनपुरमा १३ वर्षीय बालिका निर्मला पन्तको हत्या, भक्तपुरमा भएको प्रहरी इन्काउन्टर, एसिड प्रकरणमा प्रहरी चुकेको उनीहरुको आरोप छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell