PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

शहरी विकास परियोजना कार्यान्वयनका लागि सहकार्य गर्न मन्त्री रार्इको आह्वान



पहिलोपोस्ट

शहरी विकास परियोजना कार्यान्वयनका लागि सहकार्य गर्न मन्त्री रार्इको आह्वान

काठमाडौँः संघीय सरकारले सहरी विकास परियोजना कार्यान्वयनका लागि प्रदेश र स्थानीय सरकारलार्इ सहकार्य गर्न आह्वान गरेको छ। सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले सहरी विकास परियोजना कार्यान्वयनका लागि प्रदेश र स्थानीय सरकारालाई सहकार्य गर्न आह्वान गरेका हुन्।

बिहीवार विराटनगर, बुटवल, वीरगंजलगायतका क्षेत्रमा संचालन गर्न लागिएको सहरी विकास परियोजना कार्यान्वयनसम्बन्धि अवधारणा सार्वजनिक गर्दै उनले संघीय सरकार एक्लैले कार्यान्वयन गर्न नसक्ने पनि स्पष्ट पारे।

एशियाली विकास बैंकले तयार पारेको सो परियोजनाको अवधारणा लागू गराउन आवश्यक सहयोग गर्न संघीय सरकारले निजी क्षेत्रका व्यवसायीहरुलाई पनि आग्रह गरेको छ। मन्त्री राईले निजी क्षेत्र र अन्तराष्ट्रिय समुदायको सहभागितामा सो परियोजना अघि बढाउने योजना पनि अघि सारे।

मन्त्री राईले सहरी विकास परियोजना अघि बढाउन सरकारले दातृ निकायलाई पनि लगानी गर्न आग्रह गरिरहेको जानकारी दिए। परियोजनामा देशका मुख्य, मुख्य सहरलाई स्मार्ट सिटीको रुपमाअघि बढाउने योजना समावेश गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell