PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

बलात्कार र हत्याको ७० दिन, निर्मलाका लागि न्याय खोज्दै सिंहदरबार गेटैमा घम्साघम्सी

बलात्कार र हत्याको ७० दिन, निर्मलाका लागि न्याय खोज्दै सिंहदरबार गेटैमा घम्साघम्सी

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : बलात्कारपछि हत्या भएको ७० दिनको दिन फेरि निर्मलाका लागि न्याय खोज्दै सिंहदरबार अगाडि प्रदर्शन भयो। सरकारले निषेधित क्षेत्र घोषणा गरेको सिंहदरबारको दक्षिणी गेटमा न्यायका लागि युवाहरु जुटेका थिए। 

निषेधित क्षेत्रमा उनीहरुको उपस्थिति आफैंमा एउटा विद्रोह थियो। कञ्चनुपुरकी निर्मला पन्तको हत्यामा संलग्नलाई राज्यबाट संरक्षण मिलेको भन्दै न्याय खोज्नेहरु विरोधमा उत्रेका हुन्। प्रहरी महानिरीक्षक देखि गृहमन्त्रीसम्मको राजिनामा माग गर्दै उनीहरुले नारावाजी गरिरहे।

करिब २० मिनेट सिंहदरबार अगाडि उनीहरुले धर्ना दिए। त्यसपछि आन्दोलनकारीहरु सिंहदरबार भित्रै छिर्ने कोसिसमा सक्रिय भए। निषेधित क्षेत्रमा पुगिसकेका उनीहरु जब सिंहदरबारतिर लागे प्रहरीले रोक्न खोजे। त्यही केही बेर घम्साघम्सी चलिरह्यो। हेर्नुस् बलात्कार भएको ७० दिनमा न्याय खोज्न सिंहदरबार पुग्दाको त्यो क्षण… 
 
 


ट्रेन्डिङ पोस्ट

Ncell