PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

निर्मलाको हत्यारा पत्ता लाग्न नसकेकोमा सरकार चिन्तितः गृहमन्त्री थापा



पहिलोपोस्ट

निर्मलाको हत्यारा पत्ता लाग्न नसकेकोमा सरकार चिन्तितः गृहमन्त्री थापा

काठमाडौः गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्तको हत्यारा अझैँ पत्ता लाग्न नसकेकोमा सरकार चिन्तित रहेकोे बताएका छन्। उनले निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न दोषीलाई छिट्टै पक्राउ गरी कारबाही गर्ने प्रतिबद्धता पनि दोहोर्‍याए। 

गृहमन्त्री थापाले उच्चस्तरीय छानबिन समितिले दिएको प्रतिवेदनको आधारमा निर्मला पन्त हत्याकाण्डको छानबिनको कामलाई तीव्रता दिइएको स्पष्ट पारे। 

सत्तासीन दलनिकट विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले बिहीबार सिंहदरबारमा गृहमन्त्री थापालार्इ र निर्मला हत्याकाण्डको छानविनका लागि गठित उच्चस्तरीय समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै ज्ञापनपत्र बुझाएकाे छ। 

साथै दुवै संगठनका नेतृत्वले सुरक्षाको जिम्मेवारी लिएको प्रहरीले निर्मला पन्तको हत्यारालाई पत्ता लगाउन नसको भन्दै महानिरीक्षक सर्वेन्द्र खनाललाई तत्काल बर्खास्त गर्न गृहमन्त्री थापालाई दबाब दिए।

संगठनले त्यसैगरी जनजीविकाको पक्षमा राहत प्याकेज कार्यक्रम घोषणा गर्न पनि सरकारलाई सचेत गराइएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell