PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

गण्डकी प्रदेशका जिल्लामा नेकपाको १० सदस्यीय संयन्त्र गठन



पहिलोपोस्ट

गण्डकी प्रदेशका जिल्लामा नेकपाको १० सदस्यीय संयन्त्र गठन

कास्कीः नेपाल कम्युनिस्ट पार्टी (ने क पा) गण्डकी प्रदेश कमिटीले प्रदेशका सबै जिल्लामा पार्टी संयन्त्र गठन गरेको छ। बिहीबार यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रदेश कमिटीका अध्यक्ष हितराज पाण्डेले जिल्ला, महानगर, नगरपालिका तथा गाउँपालिकामा तत्काललाई पार्टीको काम नियमित सञ्चालन र संयोजन गर्नका लागि संयन्त्र गठन गर्ने निर्णय कमिटी बैठकले गरेको जानकारी दिए। 

जिल्ला संयन्त्रमा तत्कालीन नेकपा(एमाले)बाट जिल्ला इञ्चार्ज, अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव तथा तत्कालीन नेकपा(माओवादी केन्द्र)बाट इञ्चार्ज, सहइञ्चार्ज र संयोजकसहित पाँच गरी १० जना रहने निर्णय बैठकले गरेको छ। 

अध्यक्ष पाण्डेका अनुसार जिल्ला संयन्त्रले महानगरपालिकामा १०, नगरपालिकामा ८ र गाउँपालिकमा ६ सदस्यीय पार्टी संयन्त्र गठन गरेर पार्टीका विधान, नियमावली र पार्टीको निर्देशनलाई आधार मानी तल्ला तहको पार्टी एकीकरण सम्बन्धमा प्रदेश कमिटीलाई आवश्यक सुझाव दिनेछ। 

बैठकले आगामी कात्तिकको दोस्रो हप्ताभित्र प्रदेश र जिल्ला तहमा अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। पार्टी संयन्त्र गठनबाट तल्लो तहमा पार्टी एकीकरण प्रक्रियालाई गति दिन सहयोग पुग्ने नेकपाको विश्वास छ।

नेकपा गण्डकी प्रदेश इञ्चार्ज तथा मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले पार्टीको अन्तरिम विधानानुसार देशका सातै प्रदेशमा प्रदेश इञ्चार्ज तथा पदाधिकारी चयन भएकाले पार्टी केन्द्रको निर्णयलाई सबैले आत्मसात् गर्नुपर्नेमा जोड दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell