PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

अफगानिस्तानमा सुरक्षाफौजको कारबाहीमा ९ जना तालिबानी लडाकूहरु मारिए



पहिलोपोस्ट

अफगानिस्तानमा सुरक्षाफौजको कारबाहीमा ९ जना तालिबानी लडाकूहरु मारिए

काबुलः अफगानी सुरक्षाफौजको कारबाहीमा ९ जना तालिबानी लडाकूहरु मारिएका छन्। सुरक्षा अधिकारीहरुका अनुसार अफगानिस्तानको पश्चिमी प्रान्त बदघिसमा बुधबार राति तालिबानी लडाकूले आक्रमण गरेका थिए । 

तालिबानी लडाकूहरुले अब कमारी जिल्लामा बन्दुक र रकेटसहित भीषण हमला गरेको बताउँदै प्रान्तीय प्रहरी विभागले लडाकूहरुलाई धपाएको बताएको छ। यसक्रममा ९ जना लडाकू मारिएको विभागको भनाइ छ। 

अब कमारी जिल्लामा तालिबानका छायाँ गभर्नर पनि कारबाहीमा मारिएका छन्। तर सुरक्षा फौजतर्फ कुनै क्षति भएको छैन। यसै वर्षको आरम्भदेखि यस दुर्गम जिल्लामा भीषण लडाइँ पटकपटक भइसकेको छ। 

संसद र जिल्ला परिषदको निर्वाचन हुनै लाग्दा देशभर तालिबान समूहले आक्रमण तीव्र बनाएका छन्। लामो प्रतिक्षापछि आगामी अक्टोबर २० मा दुबै निर्वाचन हुँदैछ । चुनावमा करिब ९० लाखले मतदान गर्ने निर्वाचन आयोगले जनाएको छ। अफगानिस्तानको संसद २४९ सदस्यीय छ। रासस/सिन्ह्वा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell