PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

फेकोफनकाे अध्यक्षमा भारती पाठक चयन



पहिलोपोस्ट

फेकोफनकाे अध्यक्षमा भारती पाठक चयन
अध्यक्ष पाठकसहित निर्वाचित पदाधिकारीहरु

काठमाडौं: सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन)काे अध्यक्षमा भारती पाठक सर्वसम्मतले चयन भएकी छन्। महासंघमा छैटौँ महाधिवेशनले उनलार्इ अध्यक्षमा चयन गरेकाे हाे ।

उनी यसअघि महासचिव थिइन् । यसैगरी उपाध्यक्ष, महासचिव र सचिव पदमा क्रमशः भीमप्रकास खड्का, बिर्खबहादुर शाही र ठाकुर भण्डारी चयन भइसकेका छन्।

यस्तै कोषध्यक्ष पदमा भने पार्वता गौतम र शान्ता न्यौपाने मध्ये एकलाई सर्वसम्मतबाट चयनको प्रयास गरिएको छ। कोषाध्यक्षमा दावेदाव दुवैजना महिला हुन्।

यससँगै फेकोफनको राष्ट्रिय कार्यसमितिमा दुई महिला पदाधिकारी हुने छन् । असोज १५ गते देखि जारी फेकोफनको राष्ट्रिय महाधिवेशन अझैँ सम्पन्न भइसकेको छैन।

फेकोफनमा सबै प्रदेशबाट ८-८ जना, महिला, दलित, मुस्लिम, अपांगता भएका तथा सीमान्तकृत समुदायको समेत प्रतिनिधित्व गराउने प्रावधान छ ।

जारी छैठौं महाधिवेशनमा आज अन्य केन्द्रीय सदस्य तथा समावेशी सदस्य चयनको पहल भइरहेको छ। महासंघमा निर्वाचित ८२ र तीनजना मनोनित गरी जम्मा ८५ जना केन्द्रीय सदस्य रहने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell