PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

प्राधिकरणका अध्यक्ष झाको नियुक्तिबारे जानकारी गराउन सरकारलाई निर्देशन



पहिलोपोस्ट

 प्राधिकरणका अध्यक्ष झाको नियुक्तिबारे जानकारी गराउन सरकारलाई निर्देशन

काठमाडौंः नेपाल दुरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त भएका दिगम्बर झाको नियुक्तिबारे सांसदहरुले जानकारी मागेका छन्। विहीबार बसेको विकास तथा प्रविधि समितिको बैठकले झाको नियुक्ती विवादित रहेको भन्दै सरकारसँग विस्तृत जानकारी माग गरेको हाे।

समितिले नियुक्तिबारे १५ दिनभित्र जानकारी गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको समिति सदस्य इन्दु शर्माले बताइन्। समितिको बैठकमा सांसदहरु जिपछिरिङ लामा, यज्ञराज सुनुवारलगायतले झाको नियुक्तिबारे प्रश्न गरेका थिए। 

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले असार २० गते अघिल्लो सरकारले गरेका सबै राजनीतिक नियुक्तिहरु खारेज गरेको थियो। तर उक्त निर्णयलाई उल्टाउँदै सरकारले भदौ २१ गते प्राधिकरणको अध्यक्षमा झालार्इ नियुक्त गरेको थियो।

यसैबीच आजको समितिको बैठकमा युटुब सहित सामाजिक सञ्जालमा आउने अश्लील भिडियो नियन्त्रण गर्ने विषयमा छलफल भएको छ। सञ्चार मन्त्रालयले अनलाइन(न्यूजपोर्टल)लाई नियन्त्रण गर्ने सरकारले तयारी गरिरहेको समितिलाई जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell