PahiloPost

Jan 12, 2026 | २८ पुष २०८२

१८ वर्षीय पृथ्वी शाले बनाए डेब्यु टेष्टमै शतक



पहिलोपोस्ट

१८ वर्षीय पृथ्वी शाले बनाए डेब्यु टेष्टमै शतक
फोटो : आइसीसी

दिल्ली डेयर डेभिल्सबाट नेपालका सन्दीप लामिछानेसँगै आइपीएल खेलेका भारतीय युवा खेलाडी पृथ्वी शाले डेब्यु टेष्टमै शतक प्रहार गरेका छन्।

१८ वर्षीय शाले वेष्ट इन्डिजविरुद्ध खेलेको पहिलो टेष्टमै शतक प्रहार गरे। त्यसका लागि उनले जम्मा ९९ बल खेले। पहिलो टेष्टमा उनले १३४ रन बनाए।

घरेलु मैदान राजकोटका भारतीय कप्तान विराट कोहलीले टस जितेपछि शाले लोकेश राहुलसँगै ओपनिङको जिम्मेवारी पाएका थिए। राहुल शुन्यमै आउट भएपछि शाले चेतेश्वर पुजारासँग दोस्रो विकेटका लागि २०६ रनको साझेदारी गरे।


भारतको यू-१९ टिमलाई गत वर्ष न्यूजिल्याण्डमा यू-१९ वर्ल्ड कपको उपाधि जिताउँदाको कप्तान पृथ्वी शाले १५४ बल खेल्दै १५ चौकाको मद्दतमा १३४ रन बनाए। उनलाई वेष्ट इन्डिजका देवेन्द्र विश्वले कट एण्ड बोल्ड गरे।
 

१८ वर्ष ३२९ दिन हुँदा  शाले टेष्टमा शतक प्रहार गरेका हुन्। शा टेष्ट डेब्युमै शतक प्रहार गर्ने चौथो कान्छा खेलाडी र समग्रमा टेष्ट शतक प्रहार गर्ने सातौँ कान्छा खेलाडी समेत बनेका छन्। यस्तै उनी डेब्युमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा भारतीय खेलाडी समेत बनेका छन्। यसअघि सचिन तेन्दुलकरले १० वर्ष १०७ दिन हुँदा टेष्टमा शतक प्रहार गरे पनि सचिनको त्यो डेब्युमा थिएन। 

बंगलादेशका मोहमद अस्रफुलले सबैभन्दा कम उमेरमा टेष्ट शतक प्रहार गर्ने कीर्तिमान बनाएका छन्। उनले २००१ मा १७ वर्षको हुँदा श्रीलंका विरुद्ध डेब्युमै शतक प्रहार गरेका थिए।

टेष्ट डेब्युमै शतक प्रहार गर्ने शा १५औँ भारतीय खेलाडी हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell