PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

काजोल पनि उत्रिन् तनुश्रीको पक्षमा, पाटेकरको विरुद्ध बलिउडमा बहस



पहिलोपोस्ट

काजोल पनि उत्रिन् तनुश्रीको पक्षमा, पाटेकरको विरुद्ध बलिउडमा बहस

बलिउडकी चर्चित अभिनेत्री काजोल पनि नाना पाटेकरविरुद्ध उभिएकी छिन्। सेक्सुअल ह्यारेस्मेन्टको विषयमा विवादमा तानिएका पाटेकरले 
हालै बलिउड अभिनेत्री तनुश्रीलाई लिगल नोटिस पठाएका थिए। तनुश्रीले लगाएको 'सेक्सुअल ह्यारेसमेन्ट'को आरोप गलत रहेको बताउँदै उनले  लिगल नोटिस पठाएका हुन्।

उनले तनुश्रीबाट माफी पनि आउनुपर्ने बताएका थिए। भारतीय मिडियाका अनुसार अहिलेसम्म उक्त नोटिसप्रति तनुश्रीले कुनै प्रतिक्रिया दिएकी छैनन्। तर, यस विषयमा बलिउडमा चर्चा चलिनै रहेको छ। कलाकारहरु तनुश्रीका पक्ष विपक्षमा उभिन थालेका छन्। अभिनेत्री प्रियंका चोपडादेखि फरान अख्तरसमेत तनुश्रीको पक्षमा छन्। पत्रकार जेनिस पनि तनुश्री कै पक्षमा देखिन्छिन्।

काजोलले हल्ला कै रुपमा 'सेक्सुअल ह्यारेसमेन्ट'का कुरा सुन्दै आएको बताएकी छिन्। उनले भनेकी छिन्, 'मैले यस विषयमा सुन्दै आएकी छु। तर हल्लाका रुपमा मात्र। मेरोअघि ह्यारेसमेन्ट भएन। तर, मलाई लाग्छ कसैले 'मैले नै ह्यारेस गरेको हो'  भन्न कोही पनि आउँदैन।'

त्यसैले तनुश्रीले बोलेको कुरा इन्डस्ट्रीको वास्तविकता रहेको उनले बताइन्। 'यस्तो कुरालाई इन्ड्रस्टीबाट हटाउन जरुरी छ,' उनले थपिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell