PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

विमानस्थल निर्माणकाे नाममा प्रदेश २ को अर्थतन्त्र कमजोर पर्ने काम नहाेस्ः राजकिशोर यादव



पहिलोपोस्ट

विमानस्थल निर्माणकाे नाममा प्रदेश २ को अर्थतन्त्र कमजोर पर्ने काम नहाेस्ः राजकिशोर यादव

राजविराजः राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष राजकिशोर यादवले जनताको आकाँक्षा र भावनाअनुसार काम पूरा गर्न नसकेकाले पूर्णरुपमा सरकार असफल भइसकेको बताएका छन्।

राजपा नेपाल सप्तरीले राजविराजमा बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले देशमा आर्थिक समृद्धिको लागि विकास निर्माण र मधेशको समस्या समाधान गर्न सरकारले नसकेको बताए।

मधेश आन्दोलनका क्रममा पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै उनले मधेश आन्दोलनका क्रममा गठन गरिएको उच्चस्तरीय छानबिन समितिले सत्यतथ्य सार्वजनिक गर्नुपर्ने बताए।

अध्यक्ष यादवले राजपा नेपालले वर्तमान सरकारलाई जनताको विकास र अधिकारको लागि समर्थन दिएको बताउँदै संविधान संशोधन हुनुपर्ने जिकिर गरे।

निजगढ विमानस्थल निर्माणका नाममा आठ हजार हेक्टर वन विनाश गर्न लागिएको भन्दै अध्यक्ष यादवले वन विनाश भएपछि प्रदेश नं २ को अर्थतन्त्र कमजोर हुने धारणा राखे। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell