PahiloPost

May 15, 2025 | २ जेठ २०८२

बैंकिङ कसुरमा दोषी ठहर भएका तत्कालीन किष्ट बैंकका एमडी कमल ज्ञवाली पक्राउ



सविन ढकाल

बैंकिङ कसुरमा दोषी ठहर भएका तत्कालीन किष्ट बैंकका एमडी कमल ज्ञवाली पक्राउ

काठमाडौँः बैंकिङ कसुरमा दोषी ठहर भई फरार रहेको तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालक कमल ज्ञवाली पक्राउ परेका छन्। 

महानगरीय अपराध अनुसन्धान महाशाखाले ज्ञवालीलाई भारतबाट पक्राउ गरेको हो। महाशाखाले उनलाई नेपाल ल्याइसकेको छ। मुद्दामा दोषी भई फरार रहेका ज्ञवालीलाई अब फैसला कार्यान्वयनका लागि पेस गरिनेछ। 

ज्ञवालीलाई २०७३ जेठमा तत्कालीन पुनरावेदन अदालतले पाटनको वाणिज्य इजलासले बैंकिङ कसुरमा दोषी ठहर गरेको थियो। त्यसयता ज्ञवाली फरार थिए। अदालतले ज्ञवालीसहित आठ जनलाई कैद र जरिवानाको फैसला गरेको थियो।

राष्ट्र बैंक वादी भई दायर मुद्दामा ज्ञवालीलाई चार वर्ष कैद र १२ करोड ५० लाख रुपैयाँ जरिवाना तिराउने फैसला गरेको थियो। न्यायधीशहरु किशोर सिलवाल र चण्डीराज ढकालको संयुक्त इजलासले मुद्दा चलाइएका २३ जनामध्ये ८ जनालाई कैद र जरिवानाको फैसला सुनाएको थियो। जम्को प्रकाशन प्रालिलाई कमसल धितो मूल्याङ्कन गरी कर्जा लगानी नीति विपरीत ऋण स्वीकृत गरेको प्रकरणमा अदालतले ज्ञवालीलाई दोषी ठहर गरेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell