PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

युरोपा लिग : आर्सनल, चेल्सी र एसी मिलान विजयी, सेभिया पराजित



पहिलोपोस्ट

युरोपा लिग : आर्सनल, चेल्सी र एसी मिलान विजयी, सेभिया पराजित

युरोपको दोस्रो दर्जाको क्लब फुटबल प्रतियोगितामा उपाधि दाबेदार क्लबहरु आर्सनल, चेल्सी, एसी मिलान विजयी भएका छन्। स्पानिस क्लब सेभिया भने पराजित भएको छ। सेभिया सर्वाधिक पाँच पटकको च्याम्पियन हो।

समूह सी मा रहेको आर्सनलले क्वारावाक एफसीलाई ३-० ले हरायो। लण्डन क्लबका लागि सोक्रेटिस, एमिल स्मिथ रोवे र माटेओ गुन्डोउजीले एक-एक गोल गरे। 

अर्को लण्डन क्लब चेल्सीले समूह समूह एल को खेलमा भिदी एफसीलाई १-० ले हरायो। चेल्सीको लागि एक मात्र गोल अल्भारो मोराटाले दोस्रो हाफमा गरे।

यस्तै इटालियन क्लब एसी मिलानले एक गोलले पछि परेको अवस्था उल्टाउँदै ओलम्पियाकोसलाई ३-१ ले पराजित गरेको छ। मिलानका लागि प्याट्रिक कुट्रोनले दुई तथा गोन्जालो हिग्वेनले एक गोल गरे। गुएरेरोले गोल गर्दै ओलम्पियाकवसलाई सुरुवाती अग्रता दिलाएपनि त्यसलाई कायम राख्न नसक्दा पराजित भयो। 

सर्वाधिक पाँच पटकको च्याम्पियन सेभिया भने एफसी क्रास्नोडरसँग २-१ ले पराजित भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell