PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

साफ यू-१८ वुमन्स च्याम्पियनसिप : नेपालले आज सेमिफाइनलमा भारतसँग खेल्दै



पहिलोपोस्ट

साफ यू-१८ वुमन्स च्याम्पियनसिप : नेपालले आज सेमिफाइनलमा भारतसँग खेल्दै
फोटो : BFF

काठमाडौँ : भुटानमा भइरहेको पहिलो संस्करणको साफ यू-१८ वुमन्स च्याम्पियनको सेमिफाइनल खेलहरु आज हुँदैछन्। 

पहिलो सेमिफाइनल खेल नेपाल र भारतबीच हुनेछ भने दोस्रो सेमिफाइनलमा आयोजक भुटानले बंगलादेशको सामना गर्नेछ। नेपाल र भारतबीचको खेल स्थानिय समयअनुसार दिउँसो ३:३० बजे चाङलिमिथाङ स्टेडियममा हुनेछ।

उपाधि जित्ने लक्ष्यसहित बंगलादेश पुगेको नेपाली टोलीले समूह चरणमा एक खेल जितेको थियो भने एक खेलमा हार बेहोरेको थियो।

समूहको पहिलो खेलमा पाकिस्तानलाई १२-० को फरािकलो अन्तरले पराजित गरेको नेपाल दोस्रो खेलमा बंगलादेशसँग २-१ ले पराजित भएको थियो।

उता भारतले समूह ए मा आयोजक भुटान र माल्दिभ्सलाई पराजित गरेको थियो। समूह ए को दुवै खेल जितेर समूह विजेता बन्दै भारत सेमिफाइनल पुगेको हो।

यसैगरी दोस्रो सेमिफाइनल खेल बंगलादेश र भुटानबीच बेलुका ७ बजे सुरु हुनेछ।

दुवै खेल जितेको बंगलादेश समूह बी को विजेता बन्दै सेभिफाइनल पुगेको हो। आयोजक भुटान समूह ए को उपविजेता बनेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell