PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

बंगबन्धु गोल्डकप : सेमिफाइनल पुग्न नेपालले अन्तिम खेलमा प्यालेष्टाइनलाई हराउनैपर्ने



पहिलोपोस्ट

बंगबन्धु गोल्डकप : सेमिफाइनल पुग्न नेपालले अन्तिम खेलमा प्यालेष्टाइनलाई हराउनैपर्ने
फोटो : ANFA

काठमाडौँ : नेपाल बंगलादेशमा भइरहेको बंगबन्धु गोल्डकपको डिफेण्डिङ च्याम्पियन हो। २०१६ मा नेपालले बहराइनको यू-२३ टोलीलाई हराउँदै उपाधि जितेको थियो र नेपालको अन्तर्राष्ट्रिय उपाधि खडेरी यात्रा समाप्त गरेको थियो।

चौथो संस्करणको च्याम्पियन नेपाललाई पाँचौ संस्करणको समूह चरण पार गर्नु नै ठूलो चुनौती बनेको छ। तीन टिम समावेश समूह ए मा नेपालले पहिलो खेल हारिसकेको छ। अब सेमिफाइनल पुग्न नेपालले दोस्रो खेल जित्नैपर्ने समिकरण तय भएको छ।

नेपाल पहिलो खेलमा ताजिकिस्तानसँग २-० ले पराजित भएको थियो। नेपाललाई हराएको ताजिकिस्तानलाई समूहको अर्को टोली प्यालेष्टाइनले २-० कै अन्तरमा हरायो। दुवै टोलीले समान ३ अंक जोडिसकेका छन्। नेपाल भने अंकविहिन छ। नेपालले अब समूह चरण पार गर्न प्यालेष्टाइनलाई हराउनैपर्ने दबाब बढेको छ। बराबरी वा हारले नेपालको यात्रा समूह चरणबाटै समाप्त हुनेछ।

नेपालले प्यालेष्टाइनलाई अन्तिम खेलमा दुई वा त्यो भन्दा बढी गोल अन्तरले हराएमा मात्र सेमिफाइनलको सम्वना बाँकी रहनेछ। तर नेपालको लागि त्यो काम सहज भने छैन। प्यालेष्टाइन समूहकै सबैभन्दा बलियो टोली हो। फिफा वरियतामा समेत प्यालेष्टाइन नेपालभन्दा धेरै अघि छ। प्यालेष्टाइन १००औँ स्थानमा छ भने नेपाल १६०औँ वरियतामा छ।

यस्तै ताजिकिस्तान विरुद्धको खेलमा नेपालका तीन खेलाडी घाइते भएका थिए। कप्तान विराज महर्जनसहित अनन्त तामाङ र आदित्य चौधरी पहिलो खेल घाइते हुँदै मैदान छाड्न बाध्य भएका थिए। तीन जना नै डिफेण्डर हुन्। यसले गर्दा पनि नेपाली टोलीमा समस्या थपिएको छ। 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell