PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

भेरी अञ्चल अस्पतालमा अनियमितता प्रकरणः आरोपित ११ जनाले अदालतबाट पाए सफाई



पहिलोपोस्ट

भेरी अञ्चल अस्पतालमा अनियमितता प्रकरणः आरोपित ११ जनाले अदालतबाट पाए सफाई

काठमाडौँः विशेष अदालतले भेरी अञ्चल अस्पताल बाँकेको भ्रष्टाचारसम्बन्धी मुद्दामा ११ जनालाई सफाई दिएको छ।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी र न्यायाधीश नारायणप्रसाद पोखरेलको इजलासले पद्मबहादुर जिसीसहित चार र पीताम्बर सुवेदीसहित सात जनालाई सफाइ दिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई वर्षअघि भेरी अञ्चल अस्पतालको सरकारी रकम अनियमता गरेको विसं २०७३ भदौ २६ मा जिसीसहित चार जनाविरुद्ध र विसं २०७४ वैशाख १२ मा सुवेदीसहित सात जनालाई छुट्टाछुट्टै आरोपपत्र दर्ता गरेको थियो।

अख्तियारले दर्ता गरेको आरोपपत्रमा पीताम्बर सुवेदी रु ४२ लाख ११ हजार, पद्मबहादुर जिसी रु ८७ हजार, मनिराम वर्मालाई रु ८२ लाख तीन हजार ८१६ र माधवप्रसाद ज्ञवालीलाई रु २१ लाख दुई हजार १५२ रकम हिनामिना उल्लेख गरेको थियो। अख्तियारले दाबी गरेअनुसारको प्रमाण पुग्न नसक्दा ११ जनाले सफाइ पाएका हुन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell