PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

वायु सेवा निगमको काठमाडौँ-ताप्लेजुङ उडान पुनः सुरुः सातामा दुई दिन उडान, टिकटमा एक हजार छुट



पहिलोपोस्ट

वायु सेवा निगमको काठमाडौँ-ताप्लेजुङ उडान पुनः सुरुः सातामा दुई दिन उडान, टिकटमा एक हजार छुट

ताप्लेजुङ : लामो समयदेखि उडान गर्न नसकेको नेपाल वायु सेवा निगमले काठमाडौँ ताप्लेजुङ उडानका लागि टिकट बिक्री सुरु  गरेको छ। असार दोस्रो सातायता नियमित उडान गर्न नसकेको निगमले भाडादर घटाएर आगामी बुधवारदेखि उडान गर्ने तयारी गरेको हो।

यसअघि रु सात हजार ४६० मा टिकट बिक्री गरेको निगमले अहिले रु एक हजार ६० छुटसहित टिकट बिक्री गरिरहेको र यही असोज २४ देखि सातामा दुई दिन (बुधवार र शुक्रवार) उडान गर्ने तालिका सार्वजानिक गरेको छ।

यता समिट एयरले समेत सातामा एउटा उडान गर्ने तालिका सार्वजानिक गरिसकेको छ। गत सोमबारदेखि उडान गर्ने बताएको समिटले उक्त दिन मौसम खराबीका कारण उडान गर्न नसके पनि आगामी साताका लागि भने टिकट बिक्री गरिरहेको छ। मौसम खराबीलगायतका कारण उडान नियमित नहुँदा जिल्लावासीलाई समस्या हुँदै आएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell