
काठमाडौंः यो साताकाे शुक्रबार नेपाली फिल्म ‘निर्जला’ प्रदर्शनमा अाएकाे छ। निर्जलाले सोलो प्रदर्शन पाएको हो। योसँगै दुई अाेटा विदेशी फिल्म पनि नेपाल प्रदर्शनमा आएका छन्। बलिउड फिल्म ‘अन्धाधुन’ र हलिउड फिल्म ‘भेनम’ नेपाल प्रदर्शनमा अाएका हुन्।
निर्जलालाई राजु गिरीले निर्देशन गरेका हुन भने किशोर खतिवडा, शुभेच्छा थापा, श्याम राई, पल्पसा डंगोल, प्रकाश चन्द्र न्यौपाने, शर्मिला श्रेष्ठ, राजकुमार थापा लगायतको अभिनय छ। निर्जलामा अशोक खड्काको द्वन्द, कमल राईको नृत्य तथा रवि कोइरालाको छायाँकन रहेकाे छ।
बलिउड फिल्म ‘अन्धाधुन’मा अभिनेता आयुष्मान खुराना, राधिका र तब्बूको मुख्य अभिनय छ। कमेडी विधामा बनेको फिल्मलाई श्रीराम राघवनले निर्देशन गरेका हुन्।
नेपाल प्रदर्शनमा आएको अर्को फिल्म हो ‘भेनम’। फिल्म एक्सन विधामा बनेको छ। रुबेन फ्लेसर फिल्मका निर्देशक हुन्। फिल्ममा टम हार्डीको मुख्य अभिनय छ।