PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

जापानद्वारा नेपाललाई ३० करोड ८० लाख अनुदान सहायता प्रदान



पहिलोपोस्ट

जापानद्वारा नेपाललाई  ३० करोड ८० लाख अनुदान सहायता प्रदान

काठमाडाैंः जापानले नेपालको ‘विद्यालय क्षेत्र विकास कार्यक्रम’ का लागि थप ३० करोड ८० लाख अनुदान सहायता उपलब्ध गराउने भएको छ। नेपालका लागि जापानका राजदूत मासामिची सैंगो र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले  नेपालको विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि थप ३० करोड ८० लाख अनुदान सहायता उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।

शुक्रबार अर्थ मन्त्रालयमा एक कार्यक्रमकाबीच गरिएको समझदारी पत्रमा सो अनुदान सहायता नेपालको विद्यालय तहको शिक्षालाई गुणस्तरीय बनाउने कार्यक्रममा खर्च गरिने उल्लेख गरिएको छ।

कार्यक्रममा नेपालका लागि जापानका राजदूत सैंगोले नेपालको शैक्षिक क्षेत्रको विकास गरेर गरिबी निवारणको कार्यक्रमलाई प्रभावकारी बनाउन जापानले आर्थिक सहायता उपलब्ध गराएको बताए।

उनले नेपालको आर्थिक तथा सामाजिक क्षेत्रको विकासका लागि जापान सरकार थप सहयोग गर्न प्रतिबद्ध रहेको पनि बताए। जापानले नेपालको दिगो आर्थिक–सामाजिक विकासका लागि ‘जाइका’ मार्फत् विभिन्न आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell