PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

'क्लेमेसनका पिता' विल भिन्टनको निधन



पहिलोपोस्ट

'क्लेमेसनका पिता' विल भिन्टनको निधन

'क्लेमेसनका पिता' विल भिन्टनको निधन भएको छ। अस्कर बिजेता एवंम फिल्म एनिमेटर भिन्टनको ७० वर्षको उमेरमा निधन भएको हो। १२ वर्षदेखि क्यानसरसँग लड्दै आएका उनको बिहिबार निधन भएको हलिउड मिडियाले जनाएको छ।

उनका छोरा विल्ली, जेस्सी  र एलेक्सले सामाजिक सञ्जाल फेसबुकमा पनि उनको निधनको खबर दिएका छन्।




उनी पहिला फिल्मकर्मी थिए। एनिमेसनको इतिहासमा उनको ठूलो योगदान छ। आर्किटेक्चरका विधार्थी उनले बिस्तारै आफूलाई फिल्मकर्मी र एनिमेटरका रुपमा चिनाएका थिए। 

उनलाई 'क्लेमेसन'का पिता पनि भनिन्छ। सन् १९७७मा बनाएको लघु फिल्म ‘क्लोज मन्डेज’बाट उनले अस्कर अवार्ड जितेका थिए। उनका छोराछोरीले बुबाको सम्झनामा फेसबुकमा लेखेका छन् ‘उहाँले कल्पनाको संसारलाई पात्रमा परिणत गर्नुभयो। उहाँले रचना गर्ने शक्तिको कदर गर्न सिकाउनुभयो। हामी उहाँको पथमा हिँड्नेछौं।’

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell